थकित शशिर र निन्द्रा।

Warning: CDN_Enabler_Rewriter::rewrite_url(): Argument #1 ($asset) must be passed by reference, value given in /www/wwwroot/blog.aleenarayamajhi.com.np/wp-content/plugins/cdn-enabler/inc/cdn_enabler_rewriter.class.php on line 190

बाजुराको त्रिवेणी नगरपालिका जाने क्रममा देखिएको सुन्दर दृश्य।

हेर्नोस् न यो तस्वीर। हाम्रो गाइड् दाईको अनुसार यो तस्वीरमा हुनुहुने मानिस उहाँको चिन्जानकै मानिस हुनुहुन्छ। उहाँ एउटा गाउँबाट घर फर्कने क्रममा विश्राम लिएको अवस्थामा हुनुहुन्छ। उहाँलाई चाल छैन मैले उहाँको तस्वीर लिएको कुरा। उहाँको अनुहार नदेखिएको हुदा मैले यहाँ सामु यो तस्वीर पेस गर्दै छु।

यो तस्वीरमा तपाई के देख्नु हुन्छ? एक बिचरा जस्लाई अधिक निन्द्रा लागेको छ। एक बिचरा जस्लाई सर्पले टोक्न सक्ला। एक बिचरा जस्का सामान चोरी हुन सक्लान् । एक बिचरा जो शारीरिक रूपमा थाकेको छ। एक फटाहा जस्ले पक्कै दिउसै रक्सी पिएको हुनु पर्छ।

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका जाने क्रममा मैले देखेको यी मानिस। उहाँ अवश्य शारीरिक रूपमा थाकेको हुनुहुन्छ तर उहाँले कुनै पिय पदार्थको सेवण गर्नु भएको छैन। तपाईंले जे देख्नु भए पनि म चाहिँ केवल निन्द्रा र सपना देक्छु उहाँमा। ती भारी बिसाउदै लिएको निन्द्रामा कति तागत होला त?

सम्झनोस् हाम्रो सहर अनि हाम्रा हरेक रात। कति मुस्किल छ निन्द्रा लाग्न। सहरका ती मुलायम बिस्तरा अनि AC अथवा Fan को चिसो हावा। आहा। तर के लाग्थ्यो निन्द्रा? कहिले ३ बजे सम्मका अनगिनत सोच त्यसपछिको जबर्जस्तीको ३ घन्टा निन्द्रा छ भने कहिले औषधीको साहारामा मिलेको झुटो निन्द्रा।

यो तस्वीरमा हेर्नोस न फेरि। भले मुलाएम बिस्तरा नहोला, हावा नि सोचेको जत्ती बढाउन र घटाउन नमिल्ला, त्यस संगै सर्पले टोक्ने डर र सामान हराउने डर त छदै छ, तर आहा, त्यो निन्द्रा।

म किन्छु नि तपाइँको निन्द्रा भन्दा नि पाउदिन। सहरमा सबै छ, तर निन्द्रा हामीले गाउँमै बिर्सिएछौ, सायद।

एलीना रायमाझी | २०/०९/२०१९

बाजुराकि इन्द्रा आन्टी

Warning: CDN_Enabler_Rewriter::rewrite_url(): Argument #1 ($asset) must be passed by reference, value given in /www/wwwroot/blog.aleenarayamajhi.com.np/wp-content/plugins/cdn-enabler/inc/cdn_enabler_rewriter.class.php on line 190

Warning: CDN_Enabler_Rewriter::rewrite_url(): Argument #1 ($asset) must be passed by reference, value given in /www/wwwroot/blog.aleenarayamajhi.com.np/wp-content/plugins/cdn-enabler/inc/cdn_enabler_rewriter.class.php on line 190
Indra Thapa – Owner of Lodge in Bajura

मेरो सम्मान छ बाजुराकि इन्द्रा आन्टीलाई।

तस्बिरमा हुनुहुने इम्द्रा थापा आन्टी हुन् । म बाजुरामा हुँदा उहाँकै लजमा ५ दिन बसेकी थिए। बाजुरामा महिनाबारी हुँदा छौगोठमा राख्ने चलन घटेको त मलाई थाहा थियो, तर उन्को घरमा मैले जे देखे त्यस्ले मलाई खुशी र चकित बनायो।

म सोध्छु: “आन्टी हजुरको घरमा महिनाबारी हुँदा छौगोठमा बस्ने अथवा बार्ने चलन कस्तो छ?”

आन्टी भन्नू हुन्छ: “मेरो आज महिनाबारी भएको तेस्रो दिन हो, म तपाईंहरुलाई खाना बनाएर खुवाउदै छु, बिहान भैसिको दूध नि आफै दुएको, श्रीमान् र आमालाई पनि यहीँ खाना खुवाउछु। हाम्रो घरमा सबैको आफ्नो आफ्नो ड्युटी छ। बेलुका खाने बेला सबैले आफ्नो दिनभरिको उपल्ब्धी सुनाउने गर्या छौ। २ कक्षा सम्म मात्र पढेकि भए पनि मैले महिनाबारिको बारेमा बुजेकी छु र यो कुरा सामन्य हो बार्न आवस्यक छैन भनेर थाहा छ। श्रीमान र आमाको साथको अगाडि मलाई छर-छिमेकको कुरा कटाईको डर छैन।”

वहाँको कुरा सुनेपछी मलाई त्यो खाना झन मज्जाले रुच्यो।

तर….

बाजुराका धेरै ठाउँमा छौगोठमा महिनाबारी हुँदा यक्लै बस्न बाध्य छन् चेलीहरु। त्यो छौगोठ भित्र सुत्नलाई राम्रो बिस्तरा हुदैन, राम्रो भेन्टिलेशन पनि हुदैन, उन्को लागि छुट्टै धारो पनि हुने रहेछ अनि दहि-दूध खान मनाही गरिने रहेछ। थुप्रै ठाउँमा छौगोठ भत्काएता पनि यदि गाई मर्यो अथवा रुख बिरुवा सुक्यो भने फेरि चेलीको दोश देखाएर छौगोठ निर्माण हुने रहेछ।

Aleena Rayamajhi