बाजुराकि इन्द्रा आन्टी


Warning: CDN_Enabler_Rewriter::rewrite_url(): Argument #1 ($asset) must be passed by reference, value given in /www/wwwroot/blog.aleenarayamajhi.com.np/wp-content/plugins/cdn-enabler/inc/cdn_enabler_rewriter.class.php on line 190

Warning: CDN_Enabler_Rewriter::rewrite_url(): Argument #1 ($asset) must be passed by reference, value given in /www/wwwroot/blog.aleenarayamajhi.com.np/wp-content/plugins/cdn-enabler/inc/cdn_enabler_rewriter.class.php on line 190

Sharing is caring!

Indra Thapa – Owner of Lodge in Bajura

मेरो सम्मान छ बाजुराकि इन्द्रा आन्टीलाई।

तस्बिरमा हुनुहुने इम्द्रा थापा आन्टी हुन् । म बाजुरामा हुँदा उहाँकै लजमा ५ दिन बसेकी थिए। बाजुरामा महिनाबारी हुँदा छौगोठमा राख्ने चलन घटेको त मलाई थाहा थियो, तर उन्को घरमा मैले जे देखे त्यस्ले मलाई खुशी र चकित बनायो।

 

म सोध्छु: “आन्टी हजुरको घरमा महिनाबारी हुँदा छौगोठमा बस्ने अथवा बार्ने चलन कस्तो छ?”

आन्टी भन्नू हुन्छ: “मेरो आज महिनाबारी भएको तेस्रो दिन हो, म तपाईंहरुलाई खाना बनाएर खुवाउदै छु, बिहान भैसिको दूध नि आफै दुएको, श्रीमान् र आमालाई पनि यहीँ खाना खुवाउछु। हाम्रो घरमा सबैको आफ्नो आफ्नो ड्युटी छ। बेलुका खाने बेला सबैले आफ्नो दिनभरिको उपल्ब्धी सुनाउने गर्या छौ। २ कक्षा सम्म मात्र पढेकि भए पनि मैले महिनाबारिको बारेमा बुजेकी छु र यो कुरा सामन्य हो बार्न आवस्यक छैन भनेर थाहा छ। श्रीमान र आमाको साथको अगाडि मलाई छर-छिमेकको कुरा कटाईको डर छैन।”

वहाँको कुरा सुनेपछी मलाई त्यो खाना झन मज्जाले रुच्यो।

तर….

बाजुराका धेरै ठाउँमा छौगोठमा महिनाबारी हुँदा यक्लै बस्न बाध्य छन् चेलीहरु। त्यो छौगोठ भित्र सुत्नलाई राम्रो बिस्तरा हुदैन, राम्रो भेन्टिलेशन पनि हुदैन, उन्को लागि छुट्टै धारो पनि हुने रहेछ अनि दहि-दूध खान मनाही गरिने रहेछ। थुप्रै ठाउँमा छौगोठ भत्काएता पनि यदि गाई मर्यो अथवा रुख बिरुवा सुक्यो भने फेरि चेलीको दोश देखाएर छौगोठ निर्माण हुने रहेछ।

Aleena Rayamajhi

Published by

Aleena Rayamajhi

I'm a social animal.